काठमाडौँ : सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
भदौ ९ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्वजनिक गरेका हुन् ।
सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणी सुवेदीले पेस गरेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।






