सप्तरी : सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८ वर्षको उमेरमा बुधबार निधन भएको छ ।
महदेवा गाउँपालिका–३, बथनाहा निवासी यादव जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार थिए । लामो समयदेखि उनी क्यान्सर रोगबाट पीडित रहेका थिए । चिकित्सकको निगरानीमा उपचाररत रहेका उनको आफ्नै निवासमा निधन भएको जनता समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदारप्रसाद यादवले जानकारी दिए ।
यसैबिच यादवको निधनप्रति जसपा सप्तरीले गहिरो दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेको छ । प्रजातान्त्रिक आन्दोलन, जनआन्दोलन र मधेस आन्दोलनमा समेत उनले सक्रिय सहभागिता जनाएका थिए । उनका एक छोरा, एक छोरी र पत्नी छन् ।





