मन्थली : रामेछाप नगरपालिका–८ बावियाखर्क स्थित सहरी स्वास्थ्य केन्द्रका लागि लिलानाथ घिमिरे र उद्धवप्रसाद घिमिरेले निःशुल्क एकरोपनी चारआना जग्गा दान दिएका छन ।
गाँउमै सुविधा सम्पन्न सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गरी गुणस्तरीय सेवा प्रवाह गराउन सहयोग पुर्याउने उद्देश्यले आफूहरुले जग्गा दान दिएको जग्गा दाता उद्धवप्रसादले बताए । रासस





