मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

२०८२ भाद्र १६, सोमबार

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ कालुपाण्डेस्थित सडकमा भएको दुर्घटनामा युवकको मृत्यु भएको छ ।

ज.१० प ७४९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका–१३ पुरानो नैकाप बस्ने महोत्तरी घर भएका २१ वर्षीय तुफेल आलमको मृत्यु भएको छ । आइतबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ  ।

दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार