दार्चुलामा अटो नदीमा खस्दा वेपत्ता २ किशोरीको शव भेटियो, महिलाको खोजी जारी

२०८२ भाद्र १७, मंगलवार

काठमाडौँ : दार्चुलामा सोमबार अटो नदीमा खस्दा बेपत्ता भएका दुई किशोरीको शव फेला परेको छ। नौगाड गाउँपालिका–५ सौकेबगरस्थित भित्री सडकखण्डमा सोमबार साँझ होपरीगाडबाट मसिनेबगरतर्फ जाँदै गरेको म‍.१ ह ११४८ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिव ५० फिट तल नौगाड खोलामा खसेको थियो।

अटोमा सवार ५ जना यात्रुमध्ये सोही ठाउँकी १२ वर्षीया आरुषा धामी र १७ वर्षीया भागा धामीको शव फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेश थापाले जानकारी दिए। आरुषाको शव घटनास्थल नजिकैबाट र भागाको शव नदीले बगाएर लगेको अवस्थामा करिव ७ किलो मिटर तल फेला पारिएको प्रहरीले जनाएको छ।

बेपत्ता यात्रीको खोजीमा सशस्त्र प्रहरी बल, चमेलीया जलविद्युत सुरक्षा वेश बलाँच, नेपाल प्रहरी, जलविद्युतका कर्मचारी र स्थानिय बासिन्दा खटिएका थिए। वेपत्ता ४७ वर्षीया चाखुरी देवी धामीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा परि घाइत भएका सोही ठाउँका १६ वर्षीय आयुष भुललाई उपचारको लागि गोकुलेश्वर अस्पताल लगिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार