काठमाडौँ : निजामती कर्मचारी (सिभिल) अस्पतालले सबैको उपचार गर्न असमर्थ देखिएको भन्दै अन्यत्र रिफरका लागि एम्बुलेन्स पठाउन आग्रह गरेको छ। अस्पतालमामा घाइते प्रर्दशनकारीको भिड बढेपछि अस्पतालले उपचार गर्न असमर्थ रहेको जनाएको हो।
अस्पतालको इमर्जेन्सीले नधानेपछि ओपीडीमा समेत राखेर उपचार भइरहेको छ। अस्पतालका मेडिकल डाइरेक्टर डा दीपक पौडेकका अनुसार अस्पतालमा १ सयभन्दा बढी घाईतेहरुको उपचार भइरहेको छ।





