कांग्रेस पदाधिकारीहरु बैठक बस्दै

२०८२ भाद्र २३, सोमबार

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक डाकिएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकन्ठमा साँझ ५ बजे बस्ने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले नेपालखबरलाई जानकारी दिए।

बैठकमा जेनजी आन्दोलन र समाजिक सञ्जाल बन्दका विषयमा पार्टीको आधिकारिक धारणा तय हुनेछ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सोमबार बिहानै सभापति देउवालाई भेटेर सामाजिक सञ्जाल बन्द र जेनजीको प्रदर्शनबारे सरकारको ध्यानाकर्षण गराउन भनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार