काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी कार्की

२०८२ भाद्र २४, मंगलवार

काठमाडौं : काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी दानबहादुर कार्कीलाई दिइएको छ ।

यसअघि निमित्त प्रमुखको जिम्मेवारीमा डीआईजी ओम राना थिए । रानालाई जिम्मेवारीबाट हटाएर उनको स्थानमा एआईजी कार्कीलाई कमाण्ड दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । सोमबार जेनजीले गरेको प्रदर्शनमा सुरक्षा व्यवस्था फितलो हुँदा १९ जनाको ज्यान गएको थियो ।

एआईजी टेक तामाङ अवकास भएपछि सोमबार काठमाडौं प्रहरी प्रमुख निमित्तको भरमा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार