त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

२०८२ भाद्र २४, मंगलवार

काठमाडौं : सुरक्षा कारण देखाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ । निरन्तरको आन्दोलन, तोडफोड र आगजनीले विमानको सुरक्षा स्थिति गम्भीर बन्दै गएकोले विमानस्थल बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार विमानस्थल आसपासका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र घटनाक्रमले हवाइ सुरक्षा चुनौतीपूर्ण बनाएकोले यस्तो गर्न लागिएको हो । प्राधिकरणले यहाँ अवतरण गर्ने तयारीमा नजिकै आइसकेका विमानलाई अवतरण गर्न दिएर बन्द गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार