काठमाडौं : नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको घरमा प्रदर्शनीकारीले तोडफोड गरेका छन् ।
आक्रोशित प्रदर्शनकारीको भीडले नेता बस्नेतको घरमा रहेको मोटरसाइकलमा आगजनी गरी दिएका छन् । भक्तपुरको बालकोटस्थित घरमा प्रदर्शनकारीले तोडफोड गरेका हुन् ।
जेनजीको दोस्रो दिनको प्रदर्शनमा प्रदर्शनकारीहरूले राजनीतिक दलका नेता तथा सरकारी भवनहरूलाई लक्षित गरी आगजनी गरेका छन् ।





