सर्वोच्च अदालतका फाइलहरू न्याय परिषद्को भवनमा सारिँदै

२०८२ भाद्र २५, बुधबार

काठमाडौं : सर्वोच्च अदालतको भवनमा आगजनी भएपछि त्यहाँ रहेका महत्वपूर्ण फाइलहरू न्याय परिषद्को भवनमा सारिने कार्य जारी छ।फाइल सार्ने काममा अधिवक्ता, सर्वोच्च अदालतका कर्मचारी तथा बार एसोसिएसनका प्रतिनिधिहरू समेत संलग्न छन्। सोमबार र मंगलबार भएको ‘जेनजी’ प्रदर्शनका क्रममा सर्वोच्च अदालतको भवनमा आगजनी भएको थियो।

उक्त घटनाबाट भवनको संरचना र त्यहाँ राखिएका सामग्रीमा गम्भीर क्षति पुगेको छ। प्रशासनिक र कानुनी कामकाज प्रभावित हुन नदिन फाइलहरू सुरक्षित स्थानमा सार्ने प्रक्रिया तिव्र गतिमा अघि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार