देशलाई विदेशी हस्तक्षेपबाट बचाउन सुशीला कार्कीलाई यथाशीघ्र शपथ खुवाइयोस्: सुदन किराँती

२०८२ भाद्र २७, शुक्रबार

काठमाडौँ : पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले देशलाई विदेशी हस्तक्षेपबाट बचाउन चाँडोभन्दा चाँडो पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख पदमा शपथ खुवाइहाल्न अपिल गरेका छन्।

‘यो विशिष्ट परिस्थितिमा नेपालको संविधान रक्षा र विदेशी हस्तक्षेपबाट देशलाई बचाउनको लागि जेनजीहरूको प्रस्तावमा परेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखको यथाशीघ्र शपथ खुवाइयोस्’, प्रतिनिधि सभा सदस्यसमेत रहेका किराँतीले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्। यसअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन ढिलाइ नगर्न सुझाव दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार