दिल्ली उच्च अदालतमा बम राखिएको सूचना आएपछि भागाभाग

२०८२ भाद्र २७, शुक्रबार

नयाँ दिल्ली : बम राखिएको सूचना आएपछि दिल्ली उच्च अदालतमा भागाभाग भएको छ । धम्की आउने बित्तिकै न्यायाधीशहरूले केही समयको लागि अदालतको कारबाही रोकेका थिए ।

धम्कीपूर्ण मेल आउने बित्तिकै दिल्ली प्रहरीले कारबाही गर्दै अदालत खाली गरेको समाचारमा उल्लेख छ । मेल कसले पठाएको हो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन ।

सो धम्कीपूर्ण मेल हाई कोर्टका रजिस्ट्रार जनरल अरुण भारद्वाजको मेलामा आएको थियो । सुरक्षा एजेन्सीले हाई कोर्टको पुरानो भवनका कर्मचारीलाई तुरुन्तै भवनबाहिर आउन भनेका थिए ।

सुरक्षा निकायले अदालतभित्र जाँच गरिरहेको र अदालती काम कारबाही साढे २ बजे मात्रै पुनः सुचारु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार