भोलिबाट विद्यालयहरू खुल्ने, पर्सिबाट पठनपाठन सुरु

२०८२ भाद्र २८, शनिबार

काठमाडौँ : भोलिबाट शैक्षिक संस्थाहरू खुल्ने भएका छन् ।

जेनजी आन्दोलनले बन्द भएका विद्यालयहरूलाई भोलिबाट सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले निर्देशन दिएको हो । आज एक विज्ञप्ति जारी गर्दै महानगरले पर्सिबाट पठनपाठन समेत सुचारु गर्न निर्देशन दिएको छ । उक्त विज्ञप्तिमा भोलि शिक्षक कर्मचारीहरूलाई विद्यालयमा उपस्थित हुन तर विद्यार्थीलाई नबोलाउन भनिएको छ ।

यसका साथै शिक्षक कर्मचारीले विद्यालयको प्रशासनिक कार्यका साथै सरसफाइ सम्बद्ध कार्यहरू गर्न तथा कुनै प्रकारको क्षति देखिएमा महानगरमा विवरण उपलब्ध गराउन समेत निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार