काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख १५ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर २ लाख १५ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार ५ सय ६५ रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर २ हजार ५ सय ७० रूपैयाँ कायम भएको छ ।





