म नेपाली हो, भारतीय होइन : सुदन गुरुङ

२०८२ भाद्र २९, आईतवार

काठमाडौं : हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङले आफू नेपाली नागरिक भएकाले प्रतिष्ठामा प्रहार गर्ने काम नगर्न आग्रह गरेका छन् ।

आइतबार रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलन गुरुङले आफू नेपालको छोराको भएकोले भारतीय भन्ने काम नगर्न आग्रह गरे । आफूलाई बारबार फाउण्डेशन, फ्रि-तिव्बत लगायतसंग जोड्ने गरी समाचार आएको उनले गुनासो गरे । गुरुङले आफू लगाएत युवाहरूले देशका लागि आन्दोलन गरेको र ठूलो परिवर्तन प्राप्त भएको जिकिर गरे ।

आफ्ना मागहरू आफै पनि पूर्ण रूपमा पुरा नभएकाले आन्दोलन जारी नै रहेको उनको भनाइ छ । उनले जेन-जी आन्दोलन सबै युवाको आह्वानमा भएको र आफूले पनि त्यसको लागि आह्वान गरेको प्रष्ट पारे । आन्दोलनमा युवाहरूको मृत्यु भएको भन्दै आफू उनीहरूको लागि लडिरहेको उनले बताए  गुरुङले आफ्नो लागि देश नै सबैभन्दा माथि रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार