एमाले–कांग्रेसमाथि रिस होइन, हामीले भन्दा राम्रो गरेर देखाऊ : महेश बस्नेत

२०८२ भाद्र ३०, सोमबार

काठमाडौं : नेकपा (एमाले)का नेता महेश बस्नेतले पार्टीको रिस गरेर हैन पार्टीभन्दा राम्रो गरेर देखाउन नयाँ सरकारलाई चुनौती दिएका छन्।

‘एमाले–कांग्रेसमाथि रिस होइन, हिम्मत छ भने हामीले भन्दा राम्रो गरेर देखाऊ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ फेसबुकमा लेखे जस्तो देश बन्दैन, कामले मात्र देश बन्छ।’

उनले कुराले चिउरा नभिज्ने भन्दै काम गरेर देखाउन चुनौती दिएका हुन्। ‘कुरोले चिउरा भिज्दैन सम्धी,’ उनले लेखेका छन्, ‘चिउरा भिज्न त दही वा दूध चाहिन्छ, नभए पानी भए पनि चल्छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार