विदेशीको कठपुतली बनेर ‘लभ’ को कुरा ! : हर्क साम्पाङ

२०८२ भाद्र ३१, मंगलवार

काठमाडौं : काठमाडौंका मेयर बालेन शाहमाथि धरानका मेयर हर्क साम्पाङको आक्रामक टिप्पणीको शृंखला रोकिएको छैन।

शाहको व्यङ्ग्यात्मक प्रेम प्रस्तावपछि झनै आक्रोशित बनेका साम्पाङले उनलाई विदेशीको कठपुतली बनेको समेत भन्न भ्याए। आफ्नो पछिल्लो फेसबुक स्टाटसमा साम्पाङले लेखेका छन्, ‘देश जलाएर खरानीको व्यापार ! विदेशीको कट्पुतली बनेर रमाइलो गर्दै लभ को कुरा ! मुखमा राम राम बगालीमा बम्फक !’

जेन-जी आन्दोलनपछि काठमाडौं आएर प्रधानमन्त्रीको दाबी गरे पनि सफल नभई ‘रित्तो हात धरान फर्केको’ भन्दै भएका आलोचनाहरूप्रति पनि उनले जवाफ दिएका छन्। ‘रित्तो हात धरान फर्के भन्नेहरुलाई के थाहा जन्मेको रित्तै हो ! मरेर जाने नि रित्तै हो !’ उनले लेखेका छन्, ‘मैले व्यक्तिगत प्राप्तिको आशा बोकेको हो र ? देश संकटमा परेको बेला देश बचाउन निस्केको पो त !’

मेयर साम्पाङले आफू अन्तरिम सरकारको नेतृत्वका लागि काठमाडौं आउनुलाई व्यक्तिगत स्वार्थ नभई राष्ट्रिय संकटमा जिम्मेवारी लिन खोजेको प्रयासको रूपमा व्याख्या गरे। तर, बालेन शाहले भने देशको पीडामा असंवेदनशील टिप्पणी गरेर विदेशीको इसारामा रमाइरहेको उनको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार