काठमाडौं : धरानका प्रमुख हर्क साम्पाङले काठमाडौंका मेयर बालेन शाहमाथिको आफ्नो सामाजिक सञ्जाल आक्रमणलाई जारी राखेका छन्।
मेयर शाहको व्यङ्ग्यात्मक प्रेम प्रस्तावलाई अस्वीकार गर्दै साम्पाङले विदेशीको इसारामा निर्दोष विद्यार्थीको रगतको होली खेल्नेहरूले आफूसँग हात नमिलाउने बताएका हुन्।
जेन-जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र आफ्नो प्रधानमन्त्री बन्ने प्रयास सफल नभएपछि श्रृंखलाबद्ध रूपमा आक्रोश व्यक्त गरिरहेका साम्पाङले फेसबुकमा लेखेका छन् ‘विदेशीको इशारामा निर्दोष विद्यार्थीहरुको रगतको होलि खेल्नेहरु म सङ्ग हात मिलाउन नखोज्दा हुन्छ ! समय र इतिहासले दण्डित गर्नेछ तिमीहरुलाई ! नैतिकता र वैधताको बहसमा तिम्रो हार भैरहनेछ !’
शाहको व्यङ्ग्यात्मक प्रेम प्रस्तावपछि झनै आक्रोशित बनेका साम्पाङले उनलाई विदेशीको कठपुतली बनेको समेत भन्न भ्याए। यसअघि साम्पाङले बालेनलाई प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव लड्न र हारेमा एकअर्काको नोकर/हली बस्न चुनौती दिएका थिए।






