प्रधानमन्त्री बालुवाटारमा तीन मन्त्रीहरुसीत छलफलमा

२०८२ आश्विन १, बुधबार

काठमाडौँ : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहित मन्त्रीहरू अहिले छलफल गरिरहेका छन्। प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङबीच सरकारको कामकारबाही केन्द्रित छलफल भइरहेको बताइएको छ। छलफलमा मुख्यसचिव एकनारायण अर्याल पनि सहभागी छन्।

छलफलमा भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनको क्रममा ध्वस्त सरकारी संरचना पुनर्निर्माण गर्नेबारे पनि कुरा भइरहेको बुझिएको छ। योबाहेक सरकारको आगामी रणनीति, मन्त्रिपरिषद् विस्तारलगायतका बारेमा छलफल भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार