काठमाडौँ : नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले मातहत कार्यरत ४८ जना प्रहरी उपरीक्षक(एसपी)हरुको सरुवा गर्ने निर्णय गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसी बाँके सरुवा भएका छन्। मोरङमा कवित कट्वाल, सुनसरीमा केशवकुमार थेबे, सप्तरीमा गौतमकुमार केसी, दाङमा दीपेन्द्र श्रेष्ठ र पाल्पामा दीपेन्द्र पंजियार थारु सरुवा भएका छन्।











