काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २ सय रूपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर २ लाख १६ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ५ सय २० रूपैयाँ कायम भएकोमा आज ६० रूपैयाँले बढेर २ हजार ५ सय ८० रूपैयाँ कायम भएको छ ।
आज १० ग्राम सुनको मूल्य १ लाख ८५ हजार १ सय ८५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार २ सय १२ रुपैयाँ रहेको छ ।





