पहिरो पन्छाएर आज साँझसम्ममा मुग्लिन-नारायणघाट सडक खुलाउने तयारी

२०८२ आश्विन ५, आईतवार

काठमाडौं : पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग आज साँझसम्म खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको छ ।

पहिरोका कारण ४० घण्टाभन्दा बढी अवरुद्ध रहेको मुग्लिन–नारायणघाट सडकखण्डमा यात्रु अलपत्र परेपछि धमाधम पहिरो पन्छाउने काम भइरहेको छ ।

सडक विभागका प्रवक्ता प्रभातकुमार झाले वर्षा नभएका खण्डमा साँझसम्म मुग्लिन–नारायणघाट सडकखण्डको पहिरो पन्छाएर सडक खुलाउने गरी काम भइरहेको जानकारी दिए ।

विभागका अनुसार पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, ठोरी–भण्डारा–मलेखु, गल्छी- त्रिशूली-बेत्रावती- मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी, रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का (कोसी राजमार्ग) लगायतका हाल देशभर १० राजमार्ग पूर्णरूपमा अवरुद्ध छन् । यसैगरी १६८ राजमार्गमा यातायातका साधन एकतर्फी रूपमा सञ्चालन भइरहेका विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार