कुलमान जीलाई मन्त्रिमण्डलमा समावेश नगरेको भए सरकार बन्ने अवस्थै थिएन : प्रधानमन्त्री

२०८२ आश्विन ५, आईतवार

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठनका समय कुलमान घिसिङलाई मन्त्री बनाउन उच्च दबाब आएको बताएकी छन्।

प्रधानमन्त्रीमा शपथ लिएको चार दिनपछि मात्र तीन जना मन्त्री नियुक्त गर्न सक्नुको कारण खुलाउँदै कार्कीले घिसिङलाई मन्त्री नबनाएको भए सरकार गठन नै नहुने अवस्था रहेको खुलाइन्।

उद्योगी व्यवसायीसँग आइतबार भएको भेटमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘कुलमान जीलाई नराखेको भए मन्त्रिमण्डल नै नबन्ने अवस्था थियो। हामी सडकबाट बनेका हौं। सबै माग सडकबाट आएको हो। हामी जसलाई पनि सहयोग गर्न तयार छौं।’

जेन-जी आन्दोलनले उत्पन्न गरेको परिस्थितिबारे सबै जानकार रहेको बताउँदै प्रधानमन्त्री कार्कीले आफूहरु पवित्र मन लिएर सरकारमा सहभागी भएकाले सबैसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरिन्।

आन्दोलनका समय निजी क्षेत्रमा पुगेको क्षतिले आफूलाई पनि मर्माहत बनाएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीको प्रश्न थियो, ‘जसले भित्रबाट पनि दिन्छ र बाहिरतिरबाट पनि दिन्छ उसको घरमा किन आगजनी गरेको हो ? निजी क्षेत्रमा किन प्रहार गरेको ? के-को रिस हो कुनि ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार