मुग्लिन–नारायणघाट सडक एकतर्फी खुल्यो

२०८२ आश्विन ५, आईतवार

काठमाडौँ : मुग्लिन–नारायणघाट सडक एकतर्फी खुलेको छ ।

पहिरोका कारण तुइन खोला नजिकै ५० घण्टादेखि अवरुद्ध सडक आइतबार दिउँसो एकतर्फी खुलेको हो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेले शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खसेको पहिरोले अवरूद्ध सडक एकतर्फी सञ्चालनमा आएकाे बताए ।

राजमार्ग बन्द हुँदा सयाैं यात्रु शुक्रबार साँझदेखि सडकमै अलपत्र परेका छन् । काठमाडाैं र पोखराबाट चितवनतर्फ प्रस्थान गरेका तथा चितवनबाट काठमाडाैं-पोखरातर्फ आउन लागेका यात्रुहरू सडकमै रोकिनु परेको थियो ।

पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार