दुर्गा विसर्जनका क्रममा दुर्घटना, ११ जनाको मृत्यु

२०८२ आश्विन १७, शुक्रबार

काठमाडौं : भारतको मध्य प्रदेशस्थित खण्डवा जिल्लामा दुर्गा विसर्जनका क्रममा दुर्घटना भएको छ।

बिहीबार साँझ ट्र्याक्टरको ट्रली पोखरीमा खसेर कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। जिल्लाका प्रमुख चिकित्सा अधिकारी ओपी जुगतापले प्रारम्भिक जानकारी दिँदै भने, तालाबमा ट्र्याक्टरको ट्रली पल्टिँदा हालसम्म करिब ११ जनाको मृत्यु भएको छ। गम्भीर घाइते तीन जनालाई उपचारका लागि रेफर गरिएको छ।

उनका अनुसार दुर्घटनाको समयमा ट्रलीमा करिब ३०-३२ जना सवार थिए। उद्धार कार्य जारी रहेको र मृतक तथा घाइतेको संख्या अझै बढ्न सक्ने जनाइएको छ। स्थानीय समाचार अनुसार मृतकमध्ये आठ जना बालिका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार