काठमाडौँ : क्रिस्टल प्यालेस क्लबले बिहीबार यूईएफए कन्फ्रेन्स लिगमा विजयी सुरुआत लिएको छ ।
उसले डायनामो किभलाई २–० ले पराजित गरेको हो । प्यालेसले ड्यानिएल मुनोजको गोलले अग्रता लिएपछि एडि एनकेटिहले दोस्रो गोल थपे । सबै प्रतियोगितामा गरेर प्यालेसको अपराजित यात्राले कीर्तिमान १९ खेल पनि छोएको छ ।
प्यालेसले खेलको अन्तिम १५ मिनेट दस खेलाडीमा सीमित रहेर खेलेको थियो । बोरनो सोसा दोहोरो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे । युक्रेनमा युद्ध चलिरहेको हुनाले किभले यो खेल पोल्यान्डको भूमिका खेलेको थियो ।





