प्रहरी जवान बलायर मृत भेटिए

२०८२ आश्विन १८, शनिबार

काठमाडौं : डोटीमा एक जना प्रहरी जवान मृत भेटिएका छन् ।

शिखर नगरपालिका–८ तिलताली घर भएका ट्राफिक प्रहरी जवान शंकर बलायर गोपघाटस्थित सडकमा मृत भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । जिल्ला ट्राफीक प्रहरी कार्यालय रौतहटमा कार्यरत रहेका बलायर दसैँ मनाउन बिदा लिएर गत ७ असोजमा घर आएका थिए ।

गोपघाटस्थित सडक छेउमा मृत भेटिएका बलायरको टाउकोमा चोट लागेको देखिएको छ । गएराति मृत भेटिएका बलायरको घटनास्थल सिल गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार