काठमाडौं : गायक दुर्गेश थापाले काठमाडौंका विभिन्न अस्पतालमा पुगेर जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् ।
कमाइको केही हिस्सा घाइतेको उपचारमा खर्चिने घोषणा पनि उनले गरेका छन् । यसक्रममा अस्पतालमा रहेका ११ जना घाइतेलाई जनही १०/१० को दरले आर्थिक सहयोग वितरण गरे । सकेजति घाइतेको परिवारलाई सघाउने वचन पनि उनले दिएका छन् । आफू संगीतकर्मीभन्दा पहिला देशको नागरिक रहेको बताउँदै उनले जेनजी आन्दोलनको कारण आफूले केही कार्यक्रमहरू पनि स्थगित गरेको बताए ।
‘यो बलिदान कहिल्यै व्यर्थ नजाओस् । देश सदैव जनताको चाहनाअनुसार गौरवशाली बनोस्’ उनले लेखेका छन् ।






