माओवादीले बोलायो सचिवालय बैठक

२०८२ आश्विन १९, आईतवार

काठमाडौं : नेकपा माओवादी केन्द्रले सचिवालय बैठक बोलाएको छ ।

महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार विपद्पछिको अवस्थाबारे छलफल गर्ने पहिलो कार्यसूची छ । प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द्र आचार्यका अनुसार पार्टीको सचिवालय बैठक सोमबार दिउँसो एक बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको छ ।

बैठकमा विपद्पछिको अवस्थाका साथै पार्टीका अन्य विषयमा समेत छलफल हुनेछ । महाधिवेशन मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा समेत छलफल गर्न लागिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार