श्रीमान्‌को हत्या आरोपमा श्रीमती पक्राउ

२०८२ आश्विन १९, आईतवार

काठमाडौं : श्रीमान्‌को हत्या आरोपमा प्रहरीले घोराहीमा एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१ चितुवाटारीकी ६२ वर्षीया छायादेवी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । छायादेवीले ६४ वर्षीय श्रीमान् ढाल बहादुर चौधरीलाई शनिबार राति विवादका क्रममा लाइटले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

छायादेवीलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार