जिप दुर्घटना हुँदा एकको मृत्यु, ९ घाइते

२०८२ आश्विन १९, आईतवार

काठमाडौं : दार्चुलाको महाकाली नगरपालिका –६ निसिलमा यात्रुबाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नौँ जना घाइते भएका छन् ।

आइतबार महाकाली नगरपालिकाको वडा ९ साकारबाट निसिल जाँदै गरेको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप वडा ६ को बजगाडी भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । साकारमा क्रिकेट प्रतियोगिता हेरेर घर फर्किदै गरेका यात्रु बोकेको जिप दुर्घटना भएको हो । जिपमा जम्मा १२ जना सवार रहेकोमा दुर्घटनामा परी स्थानीय नरेशबहादुर पालको मृत्यु भएको छ ।

दुर्घटनास्थलबाटै बेहोस् अवस्थामा उद्धार गरिएका पाललाई अस्पतालले मृत घोषणा गरेको हो । घाइतेको विवरण आउन बाँकी छ । जिपमा सवारमध्ये २ जना सकुशल रहेका छन् । घाइते सबैलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल खलङ्गा दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख (डिएसपी) गौरव महतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार