तनहुँमा माइक्रोबस दुर्घटना, ११ घाइते

२०८२ आश्विन १९, आईतवार

काठमाडौं : जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा हेल्थ पोष्टचोक नजिकैको पहिरोमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

आज दुलेगौँडाबाट लालिमतर्फ जादै गरेको ग १ ज ८३१७ नम्बरको माइक्रो सडकबाट २० मिटर तल खसेको हो । विङ्गरमा सवार चौध महिने बच्चासहित ११ जना घाइते भएका इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए । घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको उहाँले बताए ।

अन्य घाइतेको दुलेगौँडास्थित तनहुँ सेवा हस्पिटलमा उपचार भइरहेको छ । केही समय अगाडि सडकमा पहिरो गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार