वृद्धा दुई दिनदेखि बेपत्ता

२०८२ आश्विन २०, सोमबार

इनरुवा : सदरमुकाम इनरुवा नगरपालिका–५ बलाहाकी ६० वर्षीया गीता दाहाल दुई दिनदेखि बेपत्ता भएकी छिन् । शनिबार बिहान घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दसैँको टीका लगाउन मावल हिँडेकी दाहाल शनिबार बिहान घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कमा आउन नसकेकोका प्रहरी उपरीक्षक केशव थेबेले बताए । दाहाल इनरुवा–३ सखुवागाछीस्थित आफ्नो मावलतर्फ टीका लगाउनका लागि हिँडेकी थिइन् । शनिबार दिन बितिसक्दा पनि घर नफर्केपछि परिवारले खोजी सुरु गरेको छ । बेपत्ता महिलाको खोजीकार्य सुरु गरिएको प्रहरी उपरीक्षक थेबेले बताए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार