प्रचण्डले भने चुनावमा जाने निर्णय गरेका छौँ

२०८२ आश्विन २०, सोमबार

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) ले आगामी फागुन २१ गते हुने चुनावमा भाग लिने निर्णय गरेको छ । सोमबार पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै साे पार्टीको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने, ‘हामीले चुनावमा जाने निर्णय गरेका छौँ । यो विषयमा अरु पार्टीहरुसँग पनि छलफल गछौँ ।’

संयोजक प्रचण्डले सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा माओवादी रहेको पनि बताए ।

‘हामी कसरी अघि बढ्ने भन्ने कुरामा केन्द्रीय समितिबाट निर्णय गरिसकेका छौँ । हामी घोषित मितिमा चुनाव हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने छ’, उनले भने, ‘र, हाम्रो पार्टी सक्रियतासाथ निर्वाचनमा भाग लिन्छ । अहिले अन्य राजनीतिक दलहरूसँग पनि छलफल भइरहेको छ । केही समयपछि त्यसको परिणाम पनि देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार