सुनकोशी नदी किनारमा महिलाको शव फेला

२०८२ आश्विन २०, सोमबार

काठमाडौं : सिन्धुलीको गोलन्जोर गाउपालिका वडा नं.०३ करमबोटस्थित सुनकोशी नदीको किनारमा महिलाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नामथर वतन नखुलेको अन्दाजी ४०/४५ वर्षजस्तो देखिने महिला व्यक्तिको घोप्टो परी पानीमा घुमाईरहेको अवस्थामा शव फेला परेको जनाएको छ । प्रहरीले शवलाई पानीबाट बाहिर निकालेको छ ।

मृतकको सनाखत एवं आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार