कार र भ्यान जुध्दा एक पैदल यात्रुको मृत्यु, एक गम्भीर घाइते

२०८२ आश्विन २०, सोमबार

काठमाडौं : सोमबार दिउँसो करिब ४ बजे हङकङको ताईपोमा कार र भ्यान ठोकिँदा एक पैदल यात्रुको मृत्यु भएको छ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। प्रहरीलाई उद्धृत गर्दै स्थानीय मिडियाले उल्लेख गरेअनुसार घाइतेमध्ये एक जनालाई बेहोस अवस्थामा उद्धार गरिएको छ। मृत्यु भएकी ४० वर्षीया महिलालाई घटनास्थलमै मृत घोषित गरिएको थियो।

गम्भीर घाइतेलाई शातिनस्थित प्रिन्स अफ वेल्स अस्पताल लगिएको छ। गम्भीर घाइते पनि पैदलयात्री नै हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार