फिल्म ‘मैझारो’ को दोस्रो गीत ‘साकेला नाचौ’ रिलिज

२०८२ आश्विन २१, मंगलवार

काठमाडौं : दसैँको पुर्णिमाको अवसर पारेर फिल्म ‘मैझारो’मा समावेश दोस्रो गीत ‘साकेला नाचौ ’रिलिज भएको छ। निर्माण पक्षले फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा दोस्रो गीत रिलिज गरेको हो।

राजेश पायल राई र मेलिना राईको स्वर रहेको यो गीतमा शब्द रचना पदम साधना कुलुङ। संगीत भने  तोरेम्पाहाङ राईले भरेका छन्।

ओएसआरको युटुब च्यानलबाट रिलिज गरिएको यो गीतमा दुई जोडी कलाकारले नाचेका छन्। दयाहाङ राई,दीया पुन,धिरज मगर र मिरुना मगर छन्। उनीहरुले छमछमी साकेला नाचेका छन्। नेपालको पुर्वी जिल्लामा रहेका राई समुदायले आफ्नो पर्वको रुपमा साकेला नाच राख्दै आएका छन्। किराँतहरूले उधौली र उभौलीको समयमा साकेला नित्य गर्ने गरिन्छ।

लिम्बू र राई समुदायबीचको प्रेम सम्बन्धको कथामा आधारित यो फिल्ममा कथा अनुसार कै गीत मिलाइएको निर्माण पक्षको भनाई छ। यो गीत रिलिज भएसँगै दर्शकले उत्कृष्ट प्रतिक्रिया दिन थालेका छन्। तसर्थ नेपालको पुर्वमा यो गीत तिहारको समयमा खुब चल्ने अनुमान गर्न सकिन्छ।

यस फिल्मको यसअघि रिलिज भएको पोस्टर,टिजर र गीतले दर्शकमाझ एक किसिमको हाइप बढाई सकेको छ। यस रिलिज भएको गीत ‘तिमीलाई के थाहा सानु’ चर्चामा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार