“जेनजी प्रर्दशनको प्रत्येक गोलीमा गृहमन्त्री र प्रधानमन्त्रीको हस्ताक्षर हुन्छ भन्ने मान्यता राख्नुपर्छ” : राजेन्द्र बजगाईं

२०८२ आश्विन २१, मंगलवार

काठमाडौँ : नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले जेनजी प्रर्दशनका क्रममा दमन गर्ने सरकारलाई तत्काल कारवाही अगाडी बढाउनुपर्ने बताएका छन् ।

वर्तमान सरकार गठन भएको एक महिना पुग्न लाग्दासमेत सरकारले प्रर्दशनमा गोली चलाउन आदेश दिने तत्कालिन सरकार प्रमुख कारवाहीको दायरामा आउनु पर्ने बताए ।

नेपाली रेडियो नेटवर्कबाट प्रसारण हुने नेपाली बहसमा पत्रकार ऋषि धमलासँग बोल्दै उनले युवामाथी प्रहार गरेका प्रत्येक गोलीमा प्रधानमन्त्री र गृहमन्त्रीको हस्ताक्षर रहेकाले यसमा सिपाईको दोष नरहेको बताए ।

उनले भने, प्रत्येक गोलीमा प्रधानमन्त्री र गृहमन्त्रीको हस्ताक्षर हुन्छ भन्ने मान्यता हुन्छ । प्रर्दशनका क्रममा निर्दोश विद्यार्थीको टाउको मै ताकेर गोली प्रहार भएको छ । प्रर्दशनमा नागरिकको ज्यान गइसकेपछि तत्काल गृहमन्त्री घटनास्थलमा जानु पर्थ्यो । प्रर्दशनका क्रममा भएको दमन वा हत्याको जिम्मेवारी प्रहरी सिपाईको टाउकोमा हाल्नु हुँदैन् ।

ओली नेतृत्वको सरकारले तिनकुने घटनाबारे जाँचबुझ आयोगले सरकारलाई कतै दोष दिएको प्रतिवेदन आएको भए अहिले सबै सजग हुन्थे । यति ठूलो दमनबारे जनजी मात्रै नभएर आम नागरिकले प्रत्येक गोलीमा प्रधानमन्त्री र गृहमन्त्रीको हस्ताक्षर हुन्छ भन्ने मान्यता राखेका छन् ।’

जेनजी प्रर्दशनबाट भएको धनजनको क्षति तत्कालिन सरकारले लिनुपर्ने बताउँदै उनले आन्दोलनको सम्पूर्ण दमनको जिम्मेजारी समेत ओली नेतृत्वको सरकारले लिनुपर्ने धारणा राखे । सरकार जनताको प्रतिनिधि भएपनि गृहमन्त्री लेखकले बाढीले नागरिकलाई बगाउदा भिजिविलिटी छैन भनेर पन्छिएको, तिनकुने घटनामा नागरिकको ज्यानै जादा समेत गृहमन्त्रीले किन जिम्मेवारी लिएनन? विमानस्थल नजीक किन प्रर्दशन गर्न दिईयो भन्नेबारे सरकार जिम्मेवार नभएर निरंकुश बनेको उनको भनाईछ ।

ओली नेतृत्वको सरकारका कारण नेपाली नागरिकले थुप्रै देश जानबाट बन्चित बन्न पुगेको उनको भनाई छ । जेनजी प्रर्दशनपछि देशभरका जेलबाट भागेका कैदी बन्दीका कारण धेरै देशले नेपाललाई भिसा नदिने निर्णय गरेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार