काठमाडौँका प्रहरी ‘हाई अलर्ट’मा

२०८२ आश्विन २१, मंगलवार

काठमाडौँ : काठमाडौँ उपत्यका प्रहरी परिसरले ‘असुरक्षित’ भनेपछि सम्पूर्ण बिटलाई फिर्ता बोलाएको छ ।

हामी नेपाल संस्थाका संस्थापक सुदन गुरुङसहितको टोली पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न भद्रकाली पुगेको थियो । प्रहरीले जेनजी आन्दोलनको घटना छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेकाले जाहेरी दर्ता गर्न इन्कार गरेको थियो । त्यसपछि ‘सडकबाटै देखाइदिन्छौ’ भन्दै गुरुङको टिम फर्किएपछि प्रहरीले सम्पूर्ण बिटका प्रहरी कर्मचारीलाई वृत्तमा तानेको हो ।

काठमाडौँ उपत्यकामा ६० वटा युनिट छन् । बिटमा जनशक्ति र साधनस्रोत कम हुने भएकाले वृत्तमा फिर्ता बोलाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार