काठमाडौं : नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतविरुद्ध काठमाडौं जिल्ला अदालतमा पेश भएको रिट निवेदनमा थप प्रमाण पेश गर्न आदेश दिइएको छ ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मङ्गलवार आदेश जारी गर्दै थप प्रमाण पेश गर्न भनेको हो । अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले यो रिट निवेदनमा बस्नेतविरुद्ध थप प्रमाण पेश गर्न आदेश जारी भएको जानकारी दिए ।
शोभा पाठकले उनीविरुद्ध रिट दर्ता गरेकी थिइन् ।





