राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै

२०८२ आश्विन २२, बुधबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ।

रास्वपा प्रवक्ता मनीष झाका अनुसार बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ। बैठकका लागि ४ एजेन्डा तय गरिएको उनले जानकारी दिए।

ती ४ एजेन्डा यसप्रकार छन्:

१. विस्तारित बैठकको एजेन्डा तथा व्यवस्थाबारे।

२. विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियानबारे।

३. सद्भाव यात्राको कार्यसूचीबारे।

४. विविध।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार