काठमाडौं : बुधबार छापावाल सुनको मूल्य २ हजार ६ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३५ हजार ४ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ६ सय रूपैयाँले बढेर २ लाख ३८ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ९ सय ६० रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँ घटेर २ हजार ९ सय ५५ रूपैयाँ कायम भएको छ ।





