कुलमानजीबाट सम्पत्ति छानबिन सुरु गरौँ : महेश बस्नेत

२०८२ आश्विन २२, बुधबार

काठमाडौं : नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले सम्पत्ति शुद्धीकरणको अनुसन्धान सरकारका दुई मन्त्रीबाट सुरु हुनुपर्ने बताएका छन् ।

बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उनले सरकारका मन्त्रीहरू रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु हुनुपर्ने बताए । “सबैभन्दा पहिलो छानबिन कुलमानजीबाट गरौँ । कुलमान घिसिङजत्तिको भ्रष्टाचारी मैले कोही देखेको छैन,” उनले भने, “रामेश्वर खनालजीबाट सुरु गरौँ । बालकोटमा बस्नुहुन्छ । पूर्वअर्थ सचिव हुनुहुन्छ ।”

उनले आफ्नो पनि सम्पत्ति छानबिनको माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार