सेयर धितोकर्जामा लाग्दै आएको २५ करोडको सीमा खारेज

२०८२ आश्विन २३, बिहीबार

काठमाडौं : बैंकहरुले व्यक्तिलाई दिन पाउने सेयर कर्जा सीमा हटेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन जारी गर्दै २५ करोडको सीमा हटाएको हो ।

यसअघि अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको पूँजी बजार सुधार सुझाव कार्यदलले दिएको सुझाव कार्यान्वन गर्दै राष्ट्र बैंकले निर्देशन जारी गरेको हो । त्यस्तै बैंकहरूलाई सेयर खरिद बिक्रीमा पनि सहजीकरण गरिएको छ । बैंकले सेयर खरिद गरेको एक वर्ष व्यतित भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था रहेकोमा यसलाई हटाइएको छ ।

त्यस्तै, सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा ६ महिनाभन्दा बढी अवधिको लागि बैंकले लगानी गर्न पाउने छन् । यसअघि १ वर्षभन्दा बढी अवधिको लागि मात्रै लगानी गर्न पाउने व्यवस्था थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार