राजनीतिक दलहरु यथास्थितिमा रहे दुर्घटनाबाट बच्न सक्दैनन् : प्रचण्ड

२०८२ आश्विन २४, शुक्रबार

काठमाडौँ : नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलहरू अझैँ पनि यथास्थितिमा रहन खोजे दुर्घटनाबाट बच्न सक्ने स्थिति नरहेको बताएका छन्।

शुक्रबार सम्पादकहरुसँगको संवादमा उनले सबै आत्म समीक्षातिर लाग्नुपर्नेमा उनको जोड छ। ‘आजको दुनियाँमा राजनीतिक दललाई पुरै माइनस गरेर त्यो हुने कुरा पनि भएन,’ प्रचण्डले भने, ‘तर, राजनीतिक दल यथास्थितिमा रहन खोजे भने दुर्घटनाबाट बच्ने स्थिति पनि छैन।’

‘त्यस कारण पहिलो काम आत्म समीक्षातिर लागौँ। कहाँ गल्ती भयो, पत्ता लगाऊँ,’ उनले थपे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार