पार्टीभित्र महेश बस्नेत एउटा रहेछन् बहादुर : अध्यक्ष ओली

२०८२ आश्विन २४, शुक्रबार

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्यूरो सदस्य महेश बस्नेतको प्रशंसा गरेका छन् ।

पार्टीलाई संकट पर्दा एक्लै बोलेर महेश बस्नेतले आफूलाई बहादुर नेताको दर्जामा पुर्‍याएको ओलीले बताएका हुन् । बैठकमा महेश बस्नेतको प्रशंग भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रवेश गराएकी थिइन् । बस्नेतले सार्वजनिक रुपमा बोलिरहेको कुराले पार्टीलाई फाइदा नहुने शाक्यको तर्क थियो । ‘किन यसरी बोल्न दिइदैछ ?,’ शाक्यको प्रश्न थियो, ‘यस्तो कुराले पार्टीलाई फाइदा पुगिरहेको छैन, ध्यान दिनुपर्नेछ ।’

उपाध्यक्ष शाक्यले आफ्नो बोल्ने पालोमा राखेको कुरालाई ओलीले तुरुन्तै जवाफ फर्काएका थिए । ‘अप्ठ्यारो पर्दा, संकट पर्दा अरु नबोल्ने रहेछन्,’ महेशको बचाउ गर्दै ओलीले भने, ‘पार्टीभित्रै उनै एउटा बहादुर रहेछन् । उही बोल्छ, उसैले काम गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार