ट्रकक्रेनको ठक्करबाट वृद्धको मृत्यु

२०८२ आश्विन २५, शनिबार

सप्तरी : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ स्थित चाँदनीचोकमा ट्रकक्रेनको ठक्करबाट शुक्रबार एक जना वृद्धको मृत्यु भएको छ ।

सडक निर्माणका लागि सिङ्गापुरबाट यहाँ ल्याइएको ट्रकक्रेनले वृद्धलाई ठक्कर दिएको थियो । ट्रकक्रेनको ठक्करबाट स्थानीय ७६ वर्षीय वमभोल चौधारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेहाई पुल नजिक (डोजर) स्काभेटर बोकेर पूर्वबाट पश्चिमतर्फ पछाडि सार्दै गरेको ट्रकक्रेनले सोही दिशाबाट साइकलमा जाँदै गरेका चौधरीलाई पछाडिबाट ठक्कर दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार