राष्ट्रिय सभाका अध्यक्ष दाहाल जेनेभा जाँदै

२०८२ आश्विन २७, सोमबार

काठमाडौँ : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर-व्यवस्थापिका मञ्चको १५१ औँ भेलामा भाग लिन असोज ३१ गते जेनेभा जाने भएका छन्।

आइतबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेपछि  अध्यक्ष दाहालले प्रधानमन्त्रीसँगको भेट नियमित भएको र आफू संघीय संसदको नेतृत्व गर्दै जेनेभा जान लागेको जानकारी गराएको बताएका हुन्।

यस वर्षको अन्तर-व्यवस्थापिका मञ्चको भेलाको मुख्य विषयवस्तु ‘मानवीय मान्यताहरू कायम राख्ने र संकटको समयमा मानवीय कार्यलाई समर्थन गर्ने’ रहेको उनले जानकारी दिए।

अध्यक्ष दाहालले भने, ‘यो नियमित जस्तै पनि हो। मैले दुई-तीन पटक भेटिसकेको छु। असोज ३१ गते म जेनेभा जाँदैछु। अन्तर-व्यवस्थापिका मञ्चको १५१ औँ भेला छ। त्यो भेलामा संघीय संसदको तर्फबाट म सहभागी हुन जाँदैछु। त्यसको बारेमा रिपोर्टिङ गर्नु थियो।’
उनले अन्तर-व्यवस्थापिका मञ्चको १५१ औँ भेलामा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार