प्रचण्डको सचिवालयले दियो पूर्व एआईजी सुवेदी विरुद्ध उजुरी

२०८२ आश्विन २७, सोमबार

काठमाडौं : पूर्व एआईजी देवेन्द्र सुवेदीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासबाट २ दिनअघि २ करोड रुपैयाँ २ वटा ट्रकमा निकालिएको दाबी गरेपछि माओवादी केन्द्रले साइबर ब्युरोमा उजुरी दिएको छ ।

प्रचण्ड सचिवालयका संयोजक गोविन्द आचार्यको तर्फबाट दर्ता गरिएको उजुरीमा उक्त दाबीलाई ‘चरित्रहत्या र भ्रम फैलाउने गलत प्रचार’ भनिएको छ । सुवेदीको अभिव्यक्ति डिजिटल माध्यममार्फत फैलाइएको भन्दै साइबर अपराधमा कारबाही गर्न माग गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार